पाल्पा, साउन २९ । रैनादेवीछहरा गाउँपालिका–३ छचुवा बस्ने ५२ वर्षीय गनबहादुर कुमाललाई एक थान एकनाले भरुवा बन्दुक, १५० ग्राम बारुद, १९० ग्राम गन्धक र ५९ वटा छर्रासहित प्रहरीले पक्राउ गरेको छ।
घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त बन्दुक फेला पारी कुमाललाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको छ।
Facebook Comments


























