कास्की, साउन २९ । प्रहरीले कास्कीमा तास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–१० मिलनटोल डेरा गरी बस्ने सोही महानगरपालिका–१४ मझेरीपाटन घर भएकी ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा हमाल लगायत १७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
हमालको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले नगद एक लाख दुई हजार ४९० रूपैयाँ र ८ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























