लसएन्जेल्स, साउन २९ । अमेरिकाको हलिवुडका चर्चित अभिनेता ड्वेन जोहन्सन उर्फ ‘ दि रक ’ लगातार दोश्रो वर्ष पनि सबैभन्दा महँगो कलाकार बन्न सफल भएके सम्पत्ति विवरण सम्बन्धी पत्रिका फोर्बेसले जनाएको छ। पुर्व रेसलर उनले १ जुन २०१९ देखि १ जुन २०२० बिच ८ करोड ७५ लाख अमेरिकी डलर कमाएका छन् साथै सोहि अवधि भित्र उनले नेटफ्लिक्स थ्रिलर रेड नोटिसबाट २ कराडे ३५ लाख डलर कमाउन सफल भएका छन्।
यसैगरी उनले आफ्नो फिटनेस क्लोथिंग लाइन अर्थात प्रोजेक्ट रकबाट पनि मनग्गे पैसा कमाएका छन्। फोर्बेसका अनुसार धेरै पैसा कमाउने दस कलाकारको कूल कमाई यसवर्ष ५४ करोड ५५ लाख डलर पुगेको छ। जोहन्सनको रेड नोटिसका सह कलाकार ¥यान रेनोल्ड्स सबैभन्दा बढि पारिश्रमिक पाउने दोश्रो व्यक्ति भएक छन्। उनले यसवर्ष ७ करोड १५ लाख डलर कमाउन सफल भएका छन्।
उनले रेड नोटिसबाट २ करोड र अर्को नेटफ्लिक्स फिल्म सिक्स अन्डरग्राउन्डबाट २ करोड डलर कमाएका छन्। त्यसैगरी वार्षिक ५ करोड ८० लाख डलर कमाएर अभिनेता तथा निर्माता मार्क वाल्वर्ग वरियताको तेश्रो स्थानमा परेका छन्। उक्त टपटेन सुचिमा पर्ने एकमात्र वलिवुड कलाकार अक्षय कुमार रहेका छन्। छैठौं स्थानमा रहेका अक्षयको कूल आम्दानी ४ करोड ८५ लाख डलर रहेको छ। यस सुचिभित्र अन्य कलाकार लिन –म्यानुयल मिरन्डा, विल स्मिथ, एडम स्यान्डलर र ज्याकी च्याँग पनि परेका छन्। एजेन्सी


























