बैंगलोर, साउन २९ । भारतमा मंगलवार राति पैगम्वर मोहम्मदकोबारे फेसबुकमा भएको एक पोस्टलाई लिएर शुरु भएको विरोध प्रदर्शनको भिडमाथि प्रहरीले गोली चलाउँदा दुई व्यक्तिको मृत्यु भएको छ। दक्षिणी भारतिय शहर बैंगलोर स्थित एकजना स्थानिय राजनीतिज्ञको घर सामु सो भिड एकत्रित भएको थियो।
ति राजनीतिज्ञका एकजना आफन्तले पैगम्वरकाबारे आपत्तिजनक कुरा फेसबुकमा पोस्ट गरेका थिए। आक्रोसित भिडले घटनास्थलमा पुगेका प्रहरीमाथि ढुँगामुढा गर्नुकासाथै वारी साधनहरु मथि आगजनि गरेको थियो। विविसि हिन्दीका अनुसार प्रहरीले यस घटनका प्रमुख कारण मानिएका पुरुष लगायत अन्य एक सय एघारजना व्यक्तिलाई गरिफ्तार गरेका छन्।
शहरका प्रमुख प्रहरी आयुक्त कमल पन्तले वरिष्ठ अधिकारी लगायत कम्तिमा साठीजना प्रहरी घायते भएके र शहरका दुइृवटा जिल्लामा कफ्र्यु लगाइएको बताएक छन्। नगर प्रहरी विभागले ट्विटर मार्फत स्थिती पूर्णत नियनत्रणम आइसकेको तथा भिड नियन्त्रणका लागि प्रहरी गोली र अश्रुग्यास प्रहारका साथै लाठी चार्ज गर्नुपरेको स्पष्ट पारेको छ। बैंगलोर कर्णाटक राज्यको राजधानी हो।
कर्णाटकका मुख्य मन्त्री अखण्ड श्रीनिवास मर्तिले भिडियो अपिल मार्फत प्रदर्शनकारीहरुलाई शान्त रहन आग्ह गर्दै न्याय दिलाउने बचन दिएक छन्। सो विवादास्पद पोस्ट अहिले फसबुकबाट हटाइसकेको छ। एजेन्सी


























