साउन २९ । बंगलादेशले आगामी सेप्टेम्बरमा टेस्ट सिरिजका लागि श्रीलंका भ्रमण गर्ने भएको छ।
बंगलादेश क्रिकेट बोर्डले टिमको श्रीलंका भ्रमण पक्का भएको जनाएको छ। बिसीबीका क्रिकेट अप्रेसन चेयरमेन अक्रम खानले टोलीले बंगलादेश भ्रमण गर्ने पक्का भएको बताएका छन्।
घरेलु टिम श्रीलंकासँग बंगलादेशले तीन खेलको टेस्ट सिरिज खेल्नेछ।
कोलम्बोमा हुने सिरिज सेप्टेम्बर २४ मा सुरु हुने बताईएको छ।
यस्तै बिसिबीले श्रीलंका क्रिकेट बोर्डलाई टी-ट्वान्टी सिरिज खेल्नका लागि समेत प्रस्ताव गरेको छ।
कोरोना भाईरसको महामारीको कारण बंगलादेशका तीन श्रीलंका पुगेर १४ दिनको क्वारेन्टिनमा बस्ने छन्।
श्रीलंका भ्रमणबाट शकिब अल हसनले टिममा पुनरागमन गर्न सक्ने बताईएको छ।
प्रतिबन्धमा रहेका हसनको प्रतिबन्ध अक्टोबर २९ मा फुकुवा हुनेछ। एजेन्सी
Facebook Comments


























