काठमाडौं, साउन २८ । नेपाल प्रहरीमा काठमाडौंका १४० सहित देशभर ४५० जनामा कोरोना संक्रमण देखिएको छ।
प्रहरी प्रधान कार्यालयमा ११२ र काठमाडौं उपत्यकामा २८ सक्रिय संक्रमित छन्। यस्तै प्रदेश १ मा २४, प्रदेश २ मा ४२, वाग्मती प्रदेशमा १७,गण्डकीमा १९, प्रदेश ५ मा ४२ र सुदूरपश्चिम प्रदेशमा एकजना सक्रिय संक्रमित छन्। हालसम्म १६५ जना डिस्चार्ज भएका छन्।
पछिल्लो समय प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरी र ट्राफिक प्रहरीमा कोरोना संक्रमणको जोखिम बढी देखिएको हो।
Facebook Comments


























