चितवन, साउन २८ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमुना परिक्षणका क्रममा चितवनका १६ जना सहित २१ जनामा कोरोना पुष्टि भएको छ ।
प्रयोगशाला प्रमुख नीतु अधिकारीका अनुसार पहिलो पटक ईच्छाकामना गाउँपालिकाबाट मौलाकालिका अस्पताल उपचारत एक जना पुरूषमा पनि कोरोना पृष्टी भएको हो । भने भरतपुर महानगरपालिकाका ७ पुरुष र ५ महिला, राप्ती नगरको क्वारेन्टाइनमा रहेका ३ तीन जना पुरुषमा पनि कोरोना पृष्टी भएको हो।
तनहुको २ जना, बारा, रौतहट र बैतडीका एक/एक जना रहेका छन् । चितवनका मात्रै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Facebook Comments


























