काठमाडौं, साउन २७ । गोंगबुमा हत्यामा संलग्न भएको आरोपमा चितवनको टाँडीस्थित माधवपुरबाट पक्राउ परेकी महिलाई प्रहरीले काठमाडौँ ल्याएको छ।
हत्या आरोपित महिला कल्पना शाहीलाई गएराति ३ बजेतिर काठमाडौँ ल्याइएको प्रहरीले जानकारी दिएको छ।
गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टाउको र खुट्टा बिनाको शव राखिएको सुटकेश फेला परेको थियो।
सुटकेशभन्दा करिब ३ सय मिटर पर टाउको र खुट्टा राखिएको जेब्रा झोला बरामद भएको थियो।
मृतकको सोमबार अपरान्ह मात्र सनाखत भएको थियो। प्रहरीले मृतकको पहिचान हुन नसकेपछि तस्वीर सार्वजनिक गर्दा उनी दाङकका कृष्णबहादुर बोहरा भएको खुलेको थियो।
Facebook Comments


























