साउन २७ । ईन्टर मिलान युरोपा लिगको सेमिफाईनलमा प्रवेश गरेको छ।
सोमबार राति जर्मन क्लब बायर लिभरकुसनमाथि २–१ को जित निकाल्दै ईन्टर अन्तिम ४ मा प्रवेश गरेको हो।
खेलका तीनै गोल पहिलो हाफको २४ मिनेटभित्र सम्भव भएको थियो।
लुकाकु युरोपा लिगमा लगातार ९ खेलमा गोल गर्न सफल रहे।
निकोला बरेलाको गोलसंगै ईन्टरले १५ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो। लुकाकुले २१ औं मिनेटमा ईन्टरको अग्रता दोब्बर बनाए।
काइ हाभटर्जले २४ औं मिनेटमा गोल गर्दै लिभरकुशनलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन सकेनन्।
एन्टोनी कोन्टे नेतृत्वको ईन्टरले फाईनल प्रवेशका लागि अगष्ट १७ मा बासेल र शख्तर डोनेस्कबीचको विजेतासंग खेल्नेछ।
युरोपा लिगमा लगातार ९ खेलमा गोल गर्दै लुकाकु पाँचौ खेलाडी बने। लुकाकु प्रेरित ईन्टरले लिभरकुशनमाथि जित निकालेको हो।
प्रिमियर लिग क्लबबाट आएका ईन्टरका क्रिस्टियन ईरिक्सन, एलेक्सिस साञ्चेज र भिक्टोर मोसिस बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए।
सन् २०११ मा कोपा ईटालिया जितेको ईन्टर उपाधिको खोजीमा रहेको छ। यस बीचमा ईन्टरमा ८ जना प्रशिक्षक परिवर्तन भएपनि उपाधि जित्न सकेका छैनन्। एजेन्सी


























