साउन २७ । म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ।
सोमबार राति भएको खेलमा एफसी कोपनहेगनमाथि संघर्षपूर्ण जित निकाल्दै युनाईटेडले अन्तिम ४ मा स्थान पक्का गरेको हो।
युनाईटेडको जितमा ईन्जुरी समयमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा विजयी गोल गरे।
बराबरीतर्फ उन्मुख खेलको अन्तिम समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई जित दिलाएका हुन्।
युनाईटेडले सेमिफाईनलमा प्रिमियर लिगको प्रतिद्धन्दी क्लब उल्भ्ससंग खेल्न सक्नेछ।
अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको युनाईटेडले पहिलो हाफमा निकै कमजोर देखिएको थियो।
दोस्रो हाफमा सुधारिएको खेल प्रर्दशन गरेपनि कोपनहेगनका गोलकिपर कार्ल जोहान जोनसनले उत्कृष्ट प्रर्दशन गर्दै युनाईटेडलाई निराश पारे । उनले फर्नान्डेस सहित मासन ग्रिनउड, मार्कुस रासफोर्डको प्रहारलाई बचाएका थिए।
युनाईटेडले चार सिजन अघि यस प्रतियोगिता जितेको थियो। म्यान्चेष्टर युनाईटेडले अब फाईनल प्रवेशका लागि उल्भ्स र सेभिल्लाबीचको विजेतासंग सोमबार खेल्नेछ। एजेन्सी


























