काठमाडौं, साउन २६ । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको द्वैध चरित्रका कारण पार्टीमा समस्या आएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल (फेसबुक) मा प्रवक्ता श्रेष्ठले पार्टीको जनवादलाई सक्रिय बनाउँदै समस्याको समाधान गर्नु नै आजको मूल आवश्यकता भएको जनाएका छन्।
उनले गतिरोध अन्त्यका लागि पार्टीमा सिधा छलफल आवश्यक रहेको औंल्याएका छन्।
“पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टाभित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठाउँमा अर्का कुरा गर्ने प्रवृत्ति पनि हो। त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन, बरु जटिल बनाउँछ।” प्रवक्ता श्रेष्ठले लेखेका छन्।
Facebook Comments


























