चितवन, साउन २६ । मिष्टर एण्ड मिस चितवन एसइइ २०२० र हेड्स नेपालको सहकार्यमा आज (आइतवार) निशुल्क माक्स वितरण गरिएको छ।
बढ्दो कोरना संक्रमणलाइ लिएर निशुल्क माक्स वितरण तथा सचेतना कार्यक्रम गरिएको चितवन एसइइका अध्यक्ष बिशाल एच आलले बताए। चितवन एसइइकी सहभागि सञ्जना खड्का तथा हेड्स नेपालको आर्थिक सहयोगमा करिब ५ सय भन्दा बढी माक्स वितरण गरिएको हो।
कोभिड १९ को लागी सचेतना तथा यस वाट कसरी बच्ने भन्ने जानकारी सहितको प्ले कार्ड लिएर सहभागिहरुले शान्तिपुर्ण रेयाली समेत निकालेका थिए। रयालीमा सहभागिहरुले सामाजिक दुरी कायम, माक्स, ग्लोव्स तथा स्यानिटाइजरको उचित प्रयोग गदै र्यालीमा सहभागि भएका थिए।
रत्ननगरको सौरहाचोकमा सार्वजनिक यातायातका चालक, सह चालक तथा सो वाटो भएर यात्रा गर्नुहुने यात्रुहरुको लागी माक्स वितरण गरिएको हेड्स नेपालकी अध्यक्ष शोभा लामाले बताइन्। चितवन एसइइले यो पटक हेड्स नेपालसंग सहकार्य गदै यस किसिमको सचेतना कार्यक्रम आयोजना गरेको हो । करिब ५ सय भन्दा बढी सर्वसाधरण, सार्वजनिक यातायात तथा अन्य सवारीका चालक तथा सह चालकलाइ माक्स वितरण गरिएको हो।
माक्स वितरण सहित माक्सको महत्व तथा यसको विषयमा सचेतना दिइएको थियो। कोभिड १९ को महामारि बढी रहेकोले नियमित माक्स लगाउन र्यालीमा सहभागिहरुले सर्व सारधणलाइ अनुरोध गरेका थिए।


























