क्यारोलिना, साउन २६ । अमेरिकाको उत्तर क्यारोलिनामा आईतवार विहान आठ बजेर सात मिनेट जाँदा ५.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
यो भूकम्प त्यहाँ एक सय वर्ष यताकै ठूलो रहेको बताइएको छ। अहिले सम्म यसबाट कुनै दुर्घटना भने नभएको बताइएको छ।
ग्रिनभिले नेशनल वेदर सर्भिसका अनुसार उक्त भूकम्प पछि फेरी एक सानो झट्का गएको थियो।
केहि घरहरु भने क्षति भएको बताइएको छ। एक मिनेटसम्म धर्ती हल्लिएको स्थानीयले अन्तार्रष्ट्रिय सञ्चारमाध्यमहरुलाई बताएका छन्। एजेन्सी
Facebook Comments


























