साउन २६ । रेड बुलका चालक म्याक्स भेर्स्टापेनले ७० औं एनिभर्सरी ग्राण्ड प्रिक्स फर्मुला वानको उपाधि जितेका छन्।
डच ड्राइभर म्याक्सले मर्सिडिजका लुइस ह्यामिल्टनलाई पछि पार्दै उपाधि जितेका हुन्।
फर्मुला वान च्याम्पियनसिपको सुरु भएको ७० वर्ष पुगेको उपलक्ष्यमा इंग्ल्यान्डमा प्रतियोगिता आयोजना गरिएको हो।
फर्मुला वान च्याम्पियनसिप सन् १९५० बाट सुरु भएको थियो।
प्रतियोगितामा मर्सिडिजका चालक भाल्टेरी बोट्टास तेस्रो स्थानमा रहे।
यस्तै फेरारीका चार्ल्स चौंथो स्थानमा रहदा रेड बलका एलेक्जेन्डर अल्बोन पाँचौं स्थानमा रहे। एजेसी
Facebook Comments


























