पर्सा, साउन २६ । कोरोना संक्रमणको कारण वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ। पछिल्लो मृत्युसँग पर्सामा मात्रै कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।
वीरगञ्ज महानगरपालिका-१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।
अस्पतालका संयोजक डा.उदयनारायण सिंहका अनुसार मृत्युपछि स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो।
स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार राति उनलाई नारायणी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो। स्वास्थ्यकर्मीका अनुसार उनी उच्च रक्तचाप र थाइराइडबाट समेत पीडित थिइन्।
Facebook Comments


























