काठमाडौ, साउन २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरुको मनोनयन गरेका छन्। महाधिवेशनको मिति नजिकिदै गर्दा देउवाले रिक्त रहेका विभागका प्रमुखको टुंगो लगाएका छन्।
देउवाले संगठन विभागको जिम्मा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र शिक्षा विभागको प्रमुखमा हरिप्रसाद नेपाललाई नियुक्त गरेका छन्।
यस्तै महेन्द्र यादवलाई यातायात समन्वय विभाग, फर्मुल्लाह मन्सुरलाई मुस्लिम विभाग र तराई मधेश समन्वय विभागको नेतृत्वमा अजयकुरमा चौरसियालाई नियुक्त गरिएको छ।
संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखमा रमेश रिजाल, वन वतावरण विभागमा अम्बिका बस्नेत, वित्तिय तथा सहकारी समन्वय विभागमा आनन्द ढुंगाना, स्थानीय तह समन्वय वि भागमा अर्जुन जोशी र निर्माण व्यवसायी समन्वय विभागको जिम्मेवारी वीरबहादुर बलायरलाई दिइएको छ।


























