काठमाडौं, साउन २५ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राष्ट्रिय टोलीका खेलाडीको कोरोना परिक्षण गर्ने भएको छ।
एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत बाँकी खेलका लागि अभ्यास सुरु गर्ने तयारी गरेको एन्फाले सोमबार पहिलो चरणमा कोरोना परीक्षण गर्न लागेको हो।
एन्फाले पाटन अस्पतालमा खेलाडी, प्रशिक्षक र अफिसियल सहित झण्डै ७० जनाको कोरोना परिक्षण गर्न लागेको हो। फिफा र एएफसी सहित एन्फाले कोरोना जोखिमकै बीच अभ्यास सुरु गर्न आफ्नै प्रोटोकल बनाइसकेको छ।
फिफा विश्वकप छनोटका बाँकी ३ खेल कुनै समस्या नआए अक्टोबर ८ देखि दशरथ रंगशालामा हुनेछन्। पहिलो खेल नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइसँग खेल्ने तय छ। यस्तै अहिलेसम्म नेपालले ५ खेलबाट मात्रै ३ अंक जोड्न सकेको छ।
Facebook Comments


























