काठमाडौं, साउन २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलका निजी सुरक्षा गार्डलाई कोरोना संक्रमण देखिएको छ। पौडेलको सुरक्षामा खटिएका निजी सुरक्षा गार्डलाई कोरोना संक्रमणको पुष्टि भएको हो।
सुरक्षा गार्डलाई कोरोना संक्रमण भएपछि पौडेल होम आइसोलेसनमा बसेका छन्। पौडेलका स्वकीय सचिव यम पाण्डेले सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भए पनि पौडेललाई भने अहिलेसम्म संक्रमण नदेखिएको बताए।
यसअघि अध्यक्ष प्रचण्डका ६ जना सुरक्षागार्डलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो।
नेकपा नेताहरूका सुरक्षा गार्डलाई संक्रमण देखिन थालेपछि नेताहरूबीच भेटघाट पनि पातलिन थालेको छ।
Facebook Comments


























