साउन २४ । युक्रेनी खेलाडी एलिना स्विटोलिना र डच खेलाडी किकी बेर्टेन्सले युएस ओपन टेनिस नखेल्ने भएका छन्।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै दुवै खेलाडीले युएस ओपन नखेल्ने बताएका छन्।
विश्व नम्बर पाँच स्विटोलिनाले अमेरिका भ्रमण गर्न असहज भएको भन्दै प्रतियोगिता नखेल्ने बताएकी छिन्।
सातौं वरियताकी बेर्टेन्सले नेदरल्यान्ड्स सरकारको गाइडलाइन अनुसार अमेरिकाबाट फर्किएपछि क्वारेन्टिनमा बस्नु पर्दा क्ले कोर्ट प्रतियोगिताको तयारी नपुग्ने भएकोले युएस ओपन नखेल्ने बताएकी छिन्।
यस अघि विश्व नम्बर एक एस्लेईघ बार्टीले पनि युएस ओपन नखेल्ने बताईसकेकी छिन्।
त्यस्तै पुरुषतर्फ राफायल नाडालले प्रतियोगिता नखेल्ने बताईसकेका छन्।
अमेरिकाको टेनिस एसोसिएसनले अगस्ट ३१ बाट युएस ओपन आयोजना हुने जनाएको छ। एजेन्सी
Facebook Comments


























