काठमाडौं, साउन २३ । सरकारले लकडाउन खुकुलो बनाएपछि मासुको मूल्य घट्न थालेको छ। लकडाउनका कारण आपूर्ति नहुँदा महँगो भएको मासु लकडाउन खुलेपछि आपूर्ति सहज भएसँगै मूल्य घट्न थालेको हो।
शुक्रबारदेखि लागू हुने गरी कुखुराको मासुको मूल्य घटेको पोल्ट्री संघले जनाएको छ। संघले शुक्रबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ। संघका अनुसार कुखुराको मासु प्रतिकेजी ३ सय ३० रुपैयाँ तोेकिएको छ।
लकडाउनका कारण आपूर्ति नहुँदा कुखुराको मासुको मूल्य ४ सयको हाराहारीमा पुगेको थियो। साउन दोस्रो सातादेखि बजारमा कुखुराको आपूर्ति पनि बढेको छ। आपूर्ति बढेसँगै मासुको मूल्य घटेको छ। संघका अनुसार जिउदोको मूल्य प्रतिवटा ३० रुपैयाँले घटेको छ।
Facebook Comments


























