चितवन, साउन २२ । चितवनको ईच्छाकामना गाउँपालिका ६ जलविरे झरनामा पौडी खेल्दा बेपत्ता भएकाको शव फेला परेको छ। बुधबार पौडी खेल्दा बेपत्ता भएका ईच्छाकामना गाउँपालिका ४ स्याकल्याङ्कका अन्दाजी वर्ष २० का अभिषेक मगरको शव फेला परेको हो।
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट गएको १२ जनाको उद्धार टोलीले बुधबार नै उनको शव फेला पारेको हो। अभिषेकको शव ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटीएको प्रहरीको टोलीलाई बुझाइएको छ।
Facebook Comments


























