वीरगञ्ज, साउन २२ । पर्साको वीरगञ्जमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालमा गरिएको परीक्षणको बुधबार राति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण देखिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।
संक्रमित मध्ये ४० जना पर्साका, बाराका दुईजा र रौतहटका एकजना रहेका छन्।
संक्रमण पुष्टि हुने मध्ये नेपाली सेनाका ११ जना रहेका छन् । यस्तै नारायणी अस्पतालमा कार्यरत एकजना कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ।
Facebook Comments


























