सुर्खेत, साउन २२ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अवैधरुपमा बिक्री गर्न राखिएको मल बरामद गरिएको छ। भेरीगङ्गा नगरपालिकाको छिन्चुमा अनुगमनका क्रममा प्रशासनको टोलीले एक एग्रोभेटबाट ६२ बोरा मल बरामद गरेको हो।
सहायक प्रमुुख जिल्ला अधिकारी भीमकान्त पौडेलले छिन्चुस्थित कमला एग्रोभेटले इजाजतपत्र नलिई मल बिक्री गर्दै आएको पाइएको बताए। प्रशासनले ५९ बोरा डिएपी तथा तीन बोरा युरिया मल बरामद गरेको छ। प्रशासनले मलसँगै मल ढुवानी गर्ने गाडी पनि नियन्त्रणमा लिएको छ। “मल बिक्रीका लागि कानूनीरुपमा अनुमति लिनुुपछ,,” सहायक प्रजिअ पौडेलले भने, “उक्त पसलले गैरकानूनीरुपमा मल बिक्री गरिरहेको रहेछ, यससम्बन्धी थप अनुसन्धान पनि भइरहेको छ।” रासस
Facebook Comments


























