साउन २२ । घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा पाकिस्तानले मध्यम सुरुवात गरेको छ।
म्यानचेस्टरमा पहिलो दिनको खेल सकिदा बुधबार पाकिस्तानले २ विकेट गुमाएर १ सय ३९ रन जोडेको छ।
वर्षा र खराब प्रकाशका कारण ४९ ओभर मात्र खेलिएपनि पाकिस्तानले ठोस सुरुवात भने गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खराब सुरुवात गरेपनि बाबर आजम र शान मासुदले टिमको इनिङ्स उकासेका थिए।
अबिद अलीलाई पहिलो विकेटको रुपमा १६ रनमा गुमाएको पाकिस्तानले कप्तान अजहर अलीलाई सुन्य रनमा गुमाएको थियो।
तर, क्रिजमा रहेका आजमले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दै पाकिस्तानलाई सम्हालिरहेका छन्।
यस्तै ४६ रन बनाएर मासुदले आजमलाई साथ दिईरहेका छन्।
इंग्ल्यान्डका जोफ्रा आर्चर र क्रिस वोक्सले १/१ विकेट लिए।
दुई टोलीबीच तीन खेलको टेस्ट सिरिज हुनेछ । कोरोनाको महामारीपछि इंग्ल्यान्डको यो दोस्रो टेस्ट सिरिज हो।
पाकिस्तान भने पहिलो सिरिज खेल्न इंग्ल्यान्ड आएको हो। एजेन्सी


























