काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विज्ञहरुसँग छलफल थालेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरु समेत सहभागी छन्।
छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका महन्त ठाकुर पनि सहभागी छन्।
मुलुकमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन्। सरकारले लकडाउन खुला गरेपछि संक्रमण फैलिएको भन्दै विज्ञहरुले पुनः लकडाउन गर्नुपर्ने सुझाव दिँदै आएका छन्। सरकारले विज्ञहरुको राय बुझेर लकडाउन गर्ने या नगर्ने भन्ने निर्णय गर्ने तयारी गरेको छ।
बैठक सीसीएमसीका पदाधिकारीको पनि सहभागिता रहेको छ।
Facebook Comments


























