काठमाडौं, साउन १९ । साताको दोस्रो दिन सोमवार कारोबार भएको दोस्रो घण्टामा नेप्से १ दशमलव शून्य ३ अंकले बढेको छ।
१ हजार ३९५ दशमलव शून्य ८ विन्दुबाट शुरु भएको नेप्से कारोबारको दोस्रो घण्टामा शून्य दशमलव शून्य ७ प्रतिशत बढेर १ हजार ३९७ दशमलव ३० विन्दुमा पुगेको छ।
यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचक मध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ।
कारोबारको दोस्रो घण्टासम्म १८२ ओटा कम्पनीको ५० करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ।
Facebook Comments


























