काठमाडौं, साउन १९ । काठमाडौंको टोखा नगरपालिका ६ बस्ने धर्म श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका ६ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका ३ घर भएका ३२ वर्षीय पुरन श्रेष्ठ समेत ४ जनालाई नगद १ लाख ८ हजार ५ सय ५० रुपैयाँ र १६ वटा कौडा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
त्यस्तै, बाजुरामा गौमुल गाउँपालिका(४ बिज्याढुङ्गा बस्ने केशब रोकायाको पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कलक रोकाया समेत ११ जनालाई नगद ५१ हजार २ सय ३५ रुपैयाँ र १ गड्डी तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
Facebook Comments


























