मकवानपुर, साउन १८ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले क्षमता भन्दा बढी भार बोकेका दर्जन बढी ट्रकहरु नियन्त्रणमा लिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले १७ टन भार क्षमता भएका ट्रकले २६ टन भार बोकेर आएकोले नियन्त्रणमा लिएको जनाएको छ।
यातायात व्यवस्था विभागको भारबहन ऐन अनुसार क्षमता भन्दा बढी भार लिएर हिँडेमा जरिवाना गरी बढी भएको भार मिलान गरेपछि मात्रै अघि बढ्न दिइने उल्लेख छ।
ट्राफिकले नियन्त्रणमा लिएका ट्रकहरुलाई यातायात व्यवस्था कार्यालय, हेटौंडाले जरिवाना गर्न लागिएको नारायणी यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईले बताएका छन्।
पूर्वी नेपालको बिराटनगरबाट सिमेन्टको क्लिङ्कर लिएर आएको सो ट्रक प्रदेश १ र प्रदेश २ का दर्जनौ प्रहरी चेक प्वाइन्ट भएरै आएको हो।
तर दर्जनौ प्रहरी चेक प्वाइन्टले केही नगरी करिब ३ सय किलोमिटर पार गर्नुमा पोष्टमा रहेका प्रहरीको कार्यमाथि नै प्रश्न चिन्ह उठेको देखिएको छ।


























