पोखरा, साउन १८ । गण्डकी प्रदेशमा आइतबार थप २० जनामा कोरोना पुष्टि भएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ५ जिल्लाका थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो।
नयाँ संक्रमितहरु तनहुँका २ जना, कास्कीका ६ जना, बाग्लुङका एक जना, लमजुङका ३ जना र स्याङजाका ८ जना रहेका छन्।
नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार २४५ जना ठिक भएर डिस्चार्ज भएका छन् भने प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ५०५ पुगेको छ।
Facebook Comments


























