साउन १८ । प्रिमियर लिग क्लब आर्सनलले एफए कप फुटबलको उपाधि जितेको छ। शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई २–१ गोेलले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो।
वेम्बेली स्टेडियममा भएको खेलमा सुरुवाती आग्रता भने चेल्सीले लिएको थियो। अग्रता जोगाउन नसक्दा चेल्सी पराजित हुन पुग्यो।
खेल सुरु भएको ५ मिनेट नबित्दै क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई अगाडि बढाएका थिए। उनले ओलिभर जिरुडको पासमा गोल गर्दै चेल्सीलाई १–० गोलको अग्रता दिलाए। तर, २८औं आर्सनलका पिएरे इम्रिक अउबामेयङले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा खेल १–१ को बराबरीमा ल्याए।
त्यस्तै ६७औं मिनेटमा अउबामेयङले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। उनले निकोलस पेपेको पासमा गोल गर्दै आर्सनलाई एफए कपको उपाधि दिलाए। ७३औं मिनेटमा चेल्सी १० खेलाडीमा समिटिँदै खेलको अन्त्य गरेको थियो। चल्सीका मटेओ कोभाचीले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो।


























