तनहुँ, साउन १८ । तनहुँको व्यास नगरपालिका–५ स्थित सेती नदीले बगाएर शनिबार एक जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा व्यास नगरपालिका–१ डाँडागाउँ बस्ने ३५ वर्षीय रामकुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका दर्जीको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। बेपत्ताको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालित छन्।
Facebook Comments


























