रत्ननगर, साउन १७ । मृगौला पिडित सुस्मिता ब्लोनलाइ नगद ४० हजार सहयोग प्रदान गरिएको छ। मिस एरोमा चितवन र मिष्टर एण्ड मिस चितवन एसइइ व्याच २०२० ले सुस्मिताको उपचारको लागी भन्दै सो रकम उपलव्ध गराएको हो। फरमर मिस एरोमा चितवन इशा प्रधानले नेतृत्वगदै नगद सहयोग संकलन गर्नु भएको मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आलेले बताए।
२०१३ देखि मिस एरोमा चितवनका सहभागिहरुले समेत सुस्मितालाइ सहयोग गरेका थिए। सहयोग रकम हस्तान्तरण गदै मिस एरोमा चितवन इशा प्रधानले हिम्मत नहार्नका लागी अनुरोध गरेकी थिइन। पछिका दिनमा समेत आवश्यक परेमा सहयोग गर्ने बताइन्। कार्यक्रममा मञ्जरी ग्रुपका अध्यक्ष बिशाल एच आलले चितवनका सवै इभेण्ट अर्गनाइजरले सुस्मितालाइ सहयोग गर्नुपर्ने बताए।
मञ्जरी ग्रुपले आयोजना गरेको मिष्टर एण्ड मिस चितवन एसइइका सहभागीहरुले आफैले चटपट बनाएर बेचेका थिए। सो टाक्स वाट संकलन भएको रकम सुस्मितालाइ सहयोग गरिएको हो।
सहयोग रकम हस्तान्तरणमा रेडियो चितवनका बजार प्रमुख तिलक थापा मगर, बैंकर निशा प्रधान , इन्जिनियर उत्र्कष श्रेष्ठ, व्यवसायी मुक्ति घिमिरे लगायतकाले बोलेका थिए। सुस्मिता विगत ७ महिना देखि मृगौला पिडित छिन्। उनको अहिले निशिुल्क डायलिस भइरहेको उनको परिवारले बताएको छ। यहि कारण सुस्मिता दुवै आखा गुमाएकी छिन्।


























