मुम्बई, साउन १७ । कोरोनाभाइरसका कारण रोकिएका बलिउडका फिल्मी कामहरु अहिले बिस्तारै शुरु हुन थालेका छन्। फिल्मका शुटिङहरु सामाजिक दुरी कायम गरी शुरु गर्न थालिएको छ। यस्तै बलिउडका एक्सन स्टार ऋतिक रोशन नयाँ फिल्ममा देखिने चर्चा छ।
भारतिय मिडियाका अनुसार उनी अब कोरोनाको जोखिम कम भए लगत्तै कृष ४ मा देखिने भएका छन्। त्यस्तै उनी अर्को फिल्ममा पनि देखिने भएका छन्। जसलाई वार फिल्मका निर्देशक सिद्धार्थ आनन्दले बनाउने बताइएको छ।
उनी कुन फिल्ममा देखिने भन्ने नाम खुलिसकेको छैन। निर्देशक सिद्धार्थ आनन्दले नयाँ फिल्मको स्क्रिप्ट ऋतिकलाई सुनाएको भारतिय मिडियामा जनाइएको छ। एजेन्सी
Facebook Comments


























