काठमाडौं, साउन १७ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
ती पुरुष कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएको थियो।
Facebook Comments


























