कञ्चनपुर, साउन १७ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार अज्ञात समूहले खातीको हत्या गरेको छ भने उनका श्रीमानलाई गम्भीर घाइते बनाएको छ।
घाइते ६२ वर्षीय घनश्यामको धनगढीमा उपचार भइरहेको छ। मध्याराति भएको उक्त घटनाको अनुसन्धान भइरहेको थापाले जानकारी दिए।
प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ।
Facebook Comments


























