साउन १५ । उत्तर कोरियाले जुलाई महिनाको आरम्भतिर जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र (एन्टी–शिप क्रुज मिसाइल) प्रहार गरेको दक्षिण कोरियाको मिडियाले बिहीवार खबर दिएको छ। नियमित ग्रीष्मकालीन अभ्यासका क्रममा उसले क्षेप्यास्त्र प्रहार गरेको हो।
जहाजबाट जहाजमा मार हान्ने क्षेप्यास्त्र सी अफ जापानमा रहेको उत्तर कोरियाली जहाजबाट जुलाई ६ मा प्रहार गरिएको र १०० किलोमिटर भन्दा कम दूरीसम्म उडेको योन्हाप समाचार संस्थाले लेख्यो।
क्षेप्यास्त्र ठ्याक्कै कुन थियो भन्ने थाहा हुन सकेन तर प्योङयाङले यसअघि पनि त्यसको परीक्षण गरिसकेको छ।
‘उत्तरले गर्ने नियमित जलसैन्य अभ्यासको एक हिस्सा हो भन्ने हामी मान्छौं। हामी उत्तरका सैन्य गतिविधिलाई नजिकैबाट नियालिरहेका छौं र तयारी अवस्थामा छौं,’ दक्षिण कोरियाको जोइन्ट चीफ्स अफ स्टाफका प्रवक्ता कर्नेल किम जुन–राकले बताए।
Facebook Comments


























