बाँके, साउन १५ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ वाटरपार्क बस्ने ४९ वर्षीय प्रदीप डिसी भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
आफ्नै घरको ढोका बन्द गरी लत्ताकपडामा आगो लगाएको भन्ने खबर प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनको घरमा बन्दुक फेला परेपछि हिजो दिउँसो पक्राउ गरेको हो।
प्रहरीले आगो नियन्त्रणका लागि दमकल लिएर गएको थियो। स्थानीयवासीसमेतको सहयोगमा आगो नियनन्त्रणपछि घरमा हेर्दा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।
Facebook Comments


























