नवलपुर, साउन १५ । नवलपुर जिल्ला फुटबल संघले कोरोना भाईरसबाट प्रभावित बनेका खेलाडीलाई राहत वितरण गरेको छ।
जिल्ला फुटबल संघले कावासोतीमा बिहिबार एक कार्यक्रमको आयोजना गरेर कोरोना प्रभावित खेलाडीलाई राहत वितरण गरेको हो। कावासोती नगरपालिकाकी उपप्रमुख प्रेम शंकर मर्दनीयाको प्रमुख आतिथ्यतामा खेलाडीलाई राहत वितरण गरिएको थियो।
जिल्ला फुटबल संघले नवलपुरमा रहेका २५ जना खेलाडीलाई जनही ३ हजारका दरले राहत वितरण गरेको हो। अखिल नेपाल फुटबल संघ एन्फाले कोरोनाबाट प्रभावित जिल्ला, क्लब र संघलाई ७५ हजारका दरले राहत वितरण गरेको थियो।
कोरोनाबाट प्रभावित एन्फालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १ लाख डलर उपलब्ध गराएको थियो। सोही रकम एन्फाले आफ्ना सदस्य जिल्ला, क्लब र संघलाई वितरण गरेको थियो।
Facebook Comments


























