काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुस्करनाथ ओझालाई कारबाही गरेको प्रति आपत्ति जनाएका छन्।
पौडेलले पार्टीको अनुशासन समितिको नेतृत्व र नियतमाथि प्रश्न उठाउँदै ओझालाई गरिएको कारबाहीको विरोध गरेका हुन्।
केही दिनअघि पार्टीको अनुशासन समितिले ओझा र जोविन्दराज जोशीसहित ३२ जनालाई गत चुनावमा पार्टी हित विपरीत काम गरेको भन्दै निष्कासन गरेको थियो।
पौडेलले तनहुँमा आफूविरुद्ध उम्मेद्वारी दिने जोशीप्रति गरिएको कारबाहीको भने समर्थन गरेका छन्।
बिहीबार बिहान फेसबुकमार्फत पौडेलले भनेका छन्, ‘आएर सिटिङ्ग संसदको उम्मेदवारी खोसिएका कैलालीका पुस्कर ओझालाई स्पष्ट आधार र कारण बिना बागी उमेदवारसँग जोडी विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीबाट निस्कासनको कारबाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमता माथी गम्भीर प्रश्न उठेको छ।’


























