काठमाडौं, साउन १५ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग सिपीएल क्रिकेटमा सहभागी हुनका लागि ट्रिनीडाडतर्फ प्रस्थान गरेका छन्। कोरियन एयरलाइन्सको चार्टर्ड विमानमार्फत बिहीबार उनी अमेरिका हुँदै शनिबारसम्ममा ट्रिनीडाड पुग्ने छन्।
त्यहाँ पुगेर १४ दिन क्वारेन्टाइनमा बसेपछि उनी प्रतियोगितामा सहभागी हुने छन्। आगामी अगस्ट १८ देखि सुरु हुने प्रतियोगितामा सन्दीपलाइ जमैका तलाहवाजले अनुबन्ध गरिसकेको छ। जमैकाको खेल अगस्ट १९ मा रहेको छ।
ट्रिनीडाड जानुपूर्व कोरोना परीक्षण गरेको रिपोर्ट पनि आवश्यक भएकाले उनले मंगलबार आफ्नो कोरोना परीक्षण पनि गराएका थिए। बुधबार नेगेटिभ रिपोर्ट आएका सन्दीपको सोही दिन विहान मात्र उडानको व्यवस्था भएको थियो।
Facebook Comments


























