काठमाडौं, साउन १५ । बिहिबार केही देशको विनिमयदर घटबढ भएको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ९८ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९५ पैसा तोकिएको छ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ २३ पैसा तोकिएको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५४ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५५ रुपैयाँ ६१ पैसा तोकिएको छ। एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९९ पैसा तोकिएको छ।
एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २७ पैसा तोकिएको छ। त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ २६ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५ पैसा तोकिएको छ।


























