कालिकोट, साउन १५ । कालिकोटमा पहिरोमा परेर २ जना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महावै गाउँपालिका ७ कोटवाडाका १२ वर्षका गणेश महतारा र ८ वर्षकी भावना भण्डारी रहेका छन्।
घर नजिकै ६ जना बालबालिका खेलिरहेको अवस्थामा पहिरो खस्दा गणेश र भावनाको ज्यान गएको हो। पहिरो खस्दा घाइते भएका बालबालिकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























