साउन १५ । घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानसँगको पहिलो टेस्ट सिरिजका लागि टिमको घोषणा गरेको छ। इंग्ल्यान्डले बुधबार पाकिस्तानसँग खेल्ने १४ सदस्सीय टिमको घोषणा गरेको हो।
इंग्ल्यान्डले जोय रुटको कप्तानीमा टिमको घोषणा गरेको हो। इंग्ल्यान्डले वेष्ट इन्डिजसँगको टेस्ट सिरिज खेलेको टिममा कुनैपनि परिवर्तन नगरी टिमको घोषणा गरेको हो।
वेष्ट इन्डिजसँगको तीन खेलको सिरिज इंग्ल्यान्डले २-१ ले जितेको थियो। इंग्ल्यान्ड र पाकिस्तानले तीन खेलको टेस्ट सिरिज खेल्नेछ।
पहिलो टेस्ट अगष्ट ५ मा ओल्ड ट्राफोर्डमा सुरु हुनेछ। एजेन्सी
Facebook Comments


























