साउन १४ । कम्युनिटी शिल्ड फुटबलको फाइनल खेल अगष्ट २९ मा हुने भएको छ। इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले कम्युनिटी शिल्डको फाइनल अगष्ट २९ मा हुने पक्का गरेको छ।
फाइनल खेल वेम्बली स्टेडियममा हुनेछ। प्रिमियर लिग च्याम्पियन र एफए कप विजेताबीचको विजेता कम्युनिटी शिल्डको लागि खेल्ने गर्छन्। फाइनलमा लिभरपुलले चेल्सी र आर्सनलबीचको विजेतासँग खेल्नेछ। लिभरपुल प्रिमियर लिग विजेता हो।
यस्तै चेल्सी र आर्सनलले एफए कपको फाइनलमा खेल्नेछ। एफए कपको फाइनल खेल अगष्ट १ मा हुनेछ। एजेन्सी
Facebook Comments


























