काठमाडौं, साउन १४ । प्रतिनिधिसभा सदस्यको रिक्त पदमा निर्वाचित लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन्।
सिटौलालाई आज प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराएका हुन्।
संघीय समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेपछि रिक्त रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको खसआर्य महिलाको सूचीबाट दुई दिनअघि लीलादेवी सिटौला निर्वाचित भएकी थिइन्।
Facebook Comments


























