साउन १४ । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ। मंगलबार राति भएको खेलमा इन्टरले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन डानिलो डीुएम्ब्रोसियो र लाउटरो मार्टिनेजले एक एक गोल गरे। खेलको ११ औं मिनेटमा डानिलोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ७४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै टोलीलाई २-० को जित दिलाए। जितसँगै दोस्रो स्थानको इन्टरले ३७ खेलमा ७९ अंक जोडेको छ। इन्टरले च्याम्पियन युभेन्ट्ससँगको अंक दुरी समेत घटाएको छ।
युभेन्ट्सको ८३ अंक रहेको छ। नापोली ५९ अंक जोडेर सातौं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























