साउन १३ । कतारले सन् २०३२ को ओलम्पिक र पाराओलम्पिक आयोजना गर्नका लागि चासो देखाएको छ।
सन् २०३२ को ओलम्पिक र पाराओलम्पिक आयोजनाका लागि कतार ओलम्पिक कमिटीले निकै अग्रसर देखाएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
खेलकुदको कुम्भमेला आयोजनाका लागि कतार ओलम्पिकले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग छलफल गरिरहेको बीबीसीले जनाएको छ।
कतार ओलम्पिक कमिटिका अध्यक्ष शेख जोयन बिन हमाद बिन खलिफा अल थानीले प्रतियोगिता गर्नका लागि अन्तर्राष्ट्रिय ओलम्पिकसँग अर्थपूर्ण वार्ता गर्ने बताएका छन्।
गल्फ राष्ट्र कतारले सन् २०२२ को फिफा विश्वकप फुटबल समेत आयोजना गर्दैछ।
यस्तै २०३२ को ओलम्पिक आयोजनाका लागि अष्ट्रेलिया, स्पेन र भारतले समेत चासो देखाएको छ। एजेन्सी
Facebook Comments


























