चीन, साउन १३ । चीनमा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार एकै दिन ६४ जना स्थानीयसहित ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
पछिल्लो पाँच महिना यता चीनमा एकै दिन स्थानीय रुपमा संक्रमितको संख्या पहिलो पटक ठूलो संख्यामा थपिएको हो।
६४ स्थानीय संक्रमित मध्ये ५७ जना सिन्जियाङ्ग प्रान्तका रहेको चीनका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सी
Facebook Comments


























