साउन १२ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप सुपर लिग गर्ने घोषणा गरेको छ। एकदिवसीय विश्वकप छनोटको रुपमा रहेको विश्वकप सुपर लिग गर्ने निर्णयलाई आइसिसीले आज आधिकारिक जानकारी गराएको हो।
लिगमा १२ टेस्ट र नेदरल्यान्ड्ससमेत गरेर १३ टोलीको सहभागिता हुनेछ। एसोसिएट राष्ट्र नेदरल्यान्ड्सलाई सन् २०१५–१७ को आइसिसी विश्व क्रिकेट सुपर लिगको विजेताको हैसियतले प्रतियोगितामा सहभागि गराइएको आइसिसीले जनाएको छ।
सबै टिमले होम र अवेका आधारमा ३ खेलका ४–४ सिरिज खेल्नेछन् र शीर्ष ७ मा रहने टोली सन् २०३३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपमा छनोट हुनेछन्।
लिगको सुरुवात यही जुलाई ३० मा इङ्गल्यान्ड र आयरल्यान्डबीच खेलबाट हुनेछ। एजेन्सी
Facebook Comments


























