साउन, १२ । हलिउड स्टार ओलिभिया डी हेभिल्यान्डको १०४ वर्षको उमेरमा निधन भएको छ। हलिउडमा ५० वर्ष काम गरेकी उनको आज निधन भएको हो।
ओस्कार अवार्ड जित्ने सबैभन्दा वृद्धा उनको पेरिसमा निधन भएको हो। जापानको टोकियोमा सन् १९१६ मा जन्मिएकी उनी परिवारसँग क्यालिफोर्नियामा परिवारको साथमा पुगेकी थिइन्।
करिअर अवधिमा ५० वटा फिल्ममा अभिनय गरेकी हिेभिल्यान्ड सन् १९३९ मा प्रदर्शनमा आएको गन विथ द विन्डकी नायिका हुन्। उक्त फिल्म ओस्कारको नोमिनेसनमा परेको मध्ये हेभिल्यान्ड अभिनित लोकप्रीय चलचित्र हो।
Facebook Comments


























